Logo

२९ भदौ,वीरगञ्ज । वीरगञ्जको बसपार्कबाट एक जना बोल्न नसक्ने बालिकाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार वीरगञ्ज बसपार्क चोकबाट अन्दाजी १५ वर्षीया बोल्न नसक्ने एक बालिकालाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा संरक्षणको लागि राखिएको छ।प्रहरीका अनुसार उद्धार गरिएको बालिकालाई साँझ ४ः३० बजे आश्रममा ल्याइयो।

आश्रममा राखिएपछि सरसफाइ, नुहाउने, लुगा फेर्ने कार्य सम्पन्न गरी डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार सुरु गरिनेछ। उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक बिटु कुमार सिंह, महिला सेलकी प्रहरी मिना बराल, र आश्रममा कार्यरत प्रहरी जवान नगेश्वर यादव लगायतको टोली संलग्न थियो।


सम्बन्धित समाचार
भर्खरै