३० भदौ, काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो। पाकिस्तानका लागि शाहिबजादा हारिसले सर्वाधिक ४० रन बनाए भने शहीन शाह अफ्रिदीले अविजित ३३ रनको योगदान दिए। भारतका बलर कुलदीप यादवले ३ विकेट हात पारे भने जसप्रीत बुमराह र अक्षर पटेलले २–२ विकेट लिन सफल भए।
१३० रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा गर्यो। कप्तान सूर्यकुमार यादवले अविजित ४७ रनको पारी खेले भने तिलक वर्मा र अभिषेक शर्माले समान ३१–३१ रन जोडे। पाकिस्तानका बलर शहीब अयुबले तीन विकेट लिएका थिए।
यो जितसँगै भारतले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। पाकिस्तानले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ।

















