Logo

{“pictureId”:”CD47E524-E334-487F-BB64-1FCF71FF50A6″,”editType”:”image_edit”,”exportType”:”image_export”,”tiktok_developers_3p_anchor_params”:”{“source_type”:”vicut”,”client_key”:”aw889s25wozf8s7e”,”picture_template_id”:””,”capability_name”:”retouch_edit_tool”}”,”source_type”:”vicut”,”data”:{}}

३० भदौ, काठमाडौं । देशमा जेनजी पुस्ताको आन्दोलनले ल्याएको तरंगले अब मधेश केन्द्रित राजनीतिक दलहरूको नेतृत्वमा पनि गम्भीर बहस सुरु भएको छ।

दशकौँदेखि एउटै अनुहारको वरिपरि घुमिरहेका यी दलहरूमाथि अब पुस्तान्तरणको दबाब बढेको छ।

नेतृत्वमा १८ वर्ष, परिवर्तनको सम्भावना कति?

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर दुवैले आ–आफ्नो पार्टी स्थापनाकालदेखि नै नेतृत्व सम्हाल्दै आएका छन् । झन्डै १८ वर्षदेखि पार्टीको नेतृत्वमा रहेका उनीहरूले विभिन्न पार्टीहरूसँगको एकता र विभाजनको यात्रा पार गरे पनि नेतृत्वमा भने आफूलाई कायम राख्न सफल भए ।
उक्त विषयमा जसपाका महासचिव रामकुमार शर्मा नीतिगत व्यवस्थाको आवश्यकता औँल्याउँछन्। उनी भन्छन्, ‘कुनै व्यक्तिलाई हटाउनुभन्दा पार्टीको विधानमै उमेर हद र कार्यकारी भूमिकामा रहने अवधिको व्यवस्था गर्नुपर्छ।’
यद्यपि, जसपाका प्रवक्ता मनिष सुमन भने अध्यक्ष उपेन्द्र यादवलाई क्रान्ति र आन्दोलनबाट आएको भन्दै उनको नेतृत्व परिवर्तनको समय नभएको बताउँछन्। उनी भन्छन्, ‘अहिलेको आन्दोलनको म्यान्डेट नेतृत्व युवाको हातमा जानुपर्छ भन्ने भए पनि हाम्रो पार्टीका लागि समय भइसकेको छैन।’

दबाबमा लोसपा र अन्य दल

लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल भने राजनीतिक घटनाक्रमले हरेक दलभित्र पुनर्गठनको आवश्यकता देखाएको स्वीकार्छन्। उनी भन्छन्, ‘अब दलहरूले गम्भीर रूपले छलफल गरेर नेतृत्व हस्तान्तरण गर्ने समय भयो।’ राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष डा.राजीव झा त उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरजस्ता नेताहरू ‘आउटडेटेड’ भइसकेको दाबी गर्छन्। उनी भन्छन्, ‘उहाँहरूले आफैँ दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण नगरे आगामी चुनावमा सबैको हालत खराब हुन्छ।

यसबीचमा, रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको नेतृत्व विवादले नागरिक उन्मुक्ति पार्टीमा विभाजन ल्याएको छ। यस्तै, अनिल झा पनि पुरानै ुसद्भावना पार्टीु को नेतृत्वमा फर्किएका छन्, जसले पुरानै नेताहरूको नेतृत्वमा रहने मोहलाई प्रस्ट पारेको छ।

अझै युवाको हातमा छैन सत्ता

जनमत पार्टीजस्ता नयाँ दलमा युवा नेतृत्व भए पनि त्यहाँ पनि आन्तरिक किचलो र कारबाहीको क्रम रोकिएको छैन। यसले के देखाउँछ भने, नेतृत्व परिवर्तनको कुरा उठे पनि त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न दलहरूलाई अझै चुनौती छ। जेनजी आन्दोलनले उठाएकै मुद्दाहरूमा काम गर्ने भनेर दाबी गर्ने दलहरू पनि अन्ततः पुरानै शैली र नेतृत्वको चक्रबाट बाहिर निस्कन सकेका छैनन्।

के जेनजी आन्दोलनको यो दबाबले मधेशका स्थापित नेताहरूलाई साँच्चै नै नेतृत्व हस्तान्तरण गर्न बाध्य पार्ला तरु यो त आगामी दिनमा हुने महाधिवेशन र पार्टीभित्रको आन्तरिक समीकरणले नै देखाउनेछ।


सम्बन्धित समाचार