Logo

३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा नवनियुक्त तीन मन्त्रीहरूलाई शपथ गराउनुभयो । तर यस महत्वपूर्ण समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना दुवै अनुपस्थित हुनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले शपथग्रहण गर्नुभयो। शपथग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल भने उपस्थित हुनुभएको थियो।

हाल प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील रहेकाले अध्यक्ष दाहालको पद यथावत् छ। तर, सभामुख घिमिरे र उपसभामुख राना दुवै जेन-जी आन्दोलनयताका दुई महत्वपूर्ण सार्वजनिक समारोह, अर्थात् प्रधानमन्त्रीको शपथग्रहण र मन्त्रीहरूको शपथग्रहण, मा अनुपस्थित रहनुभएको छ।

प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुखको पद कायम रहन्छ। उहाँहरूको पद नयाँ निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिनदेखि मात्रै रिक्त हुने संवैधानिक व्यवस्था छ। यस्तो अवस्थामा उहाँहरूको लगातारको अनुपस्थिति राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।


सम्बन्धित समाचार