३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेसँगै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् ।
उनले पूर्वतयारीबिनाका र साना (टुक्रे) आयोजनाहरू कार्यान्वयन नगर्ने घोषणा गरेका छन् । अर्थ मन्त्रालयमा कर्मचारीहरूद्वारा स्वागत भएपछि पदभार ग्रहण गर्दै उनले आफूलाई ‘माननीय’ नभन्न आग्रह गरे । उनको यो निर्णय मुलुकको आर्थिक अनुशासन कायम गर्नका लागि महत्वपूर्ण कदम मानिएको छ।
खर्च कटौती र स्रोतको कुशल परिचालनका लागि यो निर्णय गरिएको उनले बताए। अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो। त्यसैले खर्च कटौती गर्न यो निर्णय गरिएको हो,’ उनले भने।
यो कदमले सरकारी खर्चमा पारदर्शिता र जवाफदेहिता बढाउनुका साथै अनावश्यक आयोजनाहरूमा हुने लगानीलाई रोक्ने अपेक्षा गरिएको छ।















