Logo

३० भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने र सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय घोषणा गरेका हुन्। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय शोकको रुपमा सरकारले संवेदनशीलता देखाउनुपर्ने आवश्यकता औंल्याउँदै उक्त कदम चालेका हुन्।

शोक दिवस कहिले मनाउने भन्ने मिति मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाइने गृह मन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्री अर्यालले मन्त्रिपरिषद्मा पेस गरिने प्रस्तावमार्फत निर्णयलाई औपचारिकता दिइने बताएका छन्।

मृतक परिवारलाई तत्काल राहत

गृहमन्त्री अर्यालले ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई काजकिरिया खर्च स्वरूप तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन्। यो सहयोग रकम स्थानीय प्रशासनमार्फत हस्तान्तरण गरिनेछ।

सरकारको यस निर्णयलाई जेनजी आन्दोलनमा सहभागी भएका नागरिकहरू र मानव अधिकारकर्मीहरूले सकारात्मक रूपमा लिएको बताइएको छ।


सम्बन्धित समाचार