Logo

३० भदौ, काठमाडौं ।  नयाँ सरकार गठनसँगै अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका डा. रामेश्वर खनालले आफ्नो कार्यशैली सादगीपूर्ण हुने संकेत दिएका छन्।

आज सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वकीय सचिवालय नराख्ने घोषणा गरेका हुन्।”मलाई सचिवालय चाहिन्न, मेरो लागि एकजना चालक भए पुग्छ,” मन्त्री खनालले भने, “गाडीमा हिँड्दा फोनमा कुरा गर्नुपर्छ, त्यसैले एक चालक आवश्यक हुन्छ।”

पूर्व मुख्यसचिव समेत रहेका डा. खनाल प्रशासनिक इमानदारी र सरल जीवनशैलीका लागि चिनिएका छन्। उनको यो निर्णयलाई राजनीतिक विलासिताविरुद्धको सन्देशको रूपमा हेरिएको छ। सरकारका अन्य मन्त्रीहरूबाट पनि यस्तै सादगी र उत्तरदायित्वको अपेक्षा गरिएको सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

मन्त्री खनालको घोषणाले खर्च कटौती, सुशासन र उदाहरणीय नेतृत्वप्रति प्रतिबद्धता देखाएको विश्लेषकहरूको टिप्पणी छ।


सम्बन्धित समाचार