३१ भदौ, काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज फेरि कीर्तिमान बनाएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (मंगलबार) सुनको भाउ तोलामा १,९०० रुपैयाँले बढेर २,१७,१०० रुपैयाँ पुगेको छ।
यसअघि हिजो सुनको मूल्य २,१५,२०० रुपैयाँ थियो भने गएको शुक्रवार २,१५,८०० रुपैयाँ थियो। आइतबार र सोमबार सुनको भाउ केही घटेपनि आज पुनः उच्च मूल्यमा पुगेको हो।
यस्तै, चाँदीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर २,५९५ रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य २,५७५ रुपैयाँ थियो।
पछिल्ला दिनहरूमा सुन र चाँदी दुवैको मूल्यमा निरन्तर उतार-चढाव देखिए पनि आजको मूल्यवृद्धिले नेपाली बजारमा बहुमूल्य धातुको भाउ नयाँ उचाइमा पुगेको व्यवसायीहरूको भनाइ छ।















