Logo

३१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार, साउन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४।८ प्रतिशतले बढेर २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति २दशमलव ७ प्रतिशतले बढेर २० अर्ब ३ करोड डलर पुगेको छ । यसबाट देशको बाह्य क्षेत्रमा सुधार आएको देखिन्छ।

आयात धान्ने क्षमतामा सुधार

विदेशी मुद्राको सञ्चिति बढ्नुको सबैभन्दा ठूलो फाइदा भनेको देशको आयात धान्न सक्ने क्षमतामा आएको वृद्धि हो। अहिलेको सञ्चितिले २० दशमलव ४ महिनाको वस्तु आयात र १६ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

चालु खाता र शोधनान्तर स्थिति बचतमा

समीक्षा अवधिमा देशको चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। यस्तै, शोधनान्तर स्थिति पनि ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा छ। यी दुवै सूचकले देशको अर्थतन्त्र बाह्य क्षेत्रबाट बलियो बनेको देखाउँछ। यो सकारात्मक अवस्थाले नेपाली अर्थतन्त्रलाई स्थिरता प्रदान गर्न मद्दत पुग्ने देखिन्छ।


सम्बन्धित समाचार