Logo

३१ भदौ, काठमाडौं । हालैको जेन–जी आन्दोलनले ध्वस्त पारेको पार्टी कार्यालयको अवस्था हेरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ र अझ भव्य केन्द्रीय कार्यालय बनाउने घोषणा गरेका छन् ।

आज पेरिसडाँडास्थित क्षतिग्रस्त कार्यालयको अवलोकनपछि प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै यो जानकारी दिएका हुन् । उनले देशभरका कार्यकर्ताहरूको सहयोगमा यो काम गरिने बताए, तर नयाँ कार्यालय कहाँ बन्छ भन्नेबारे भने केही खुलाएनन् ।

जोगिए केही महत्त्वपूर्ण सामान

आगजनीले ठूलो क्षति पुर्‍याए पनि बैठकका केही महत्त्वपूर्ण माइन्युट, पुस्तकालयका पुस्तक र केही कम्प्युटरहरू भने जोगिएको प्रचण्डले बताए । उनले ती सामान जोगाउन भूमिका खेल्ने कर्मचारी र कार्यकर्ताहरूलाई धन्यवाद पनि दिए । यस घटनाले पार्टीको संरचनामा ठूलो क्षति पुगे पनि माओवादी केन्द्र आफ्नो भौतिक संरचनालाई पुनर्जीवन दिने तयारीमा जुटेको देखिन्छ ।


सम्बन्धित समाचार