३१ भदौ, काठमाडौं । नेपालको राजनीतिमा विज्ञहरूको खोजी भइरहेका बेला विश्वप्रसिद्ध आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर डा. रूइतसँग भेट गरे पनि उनले मन्त्री बन्न अस्वीकार गरेका हुन् ।
‘बिरामीलाई छाडेर आउँदिन’
प्रधानमन्त्री कार्कीले डा. रूइतसँगको भेटबारे कुनै जानकारी नदिएपछि पत्रकारहरूले डा.रूइतसँग प्रश्न गरेका थिए । प्रधानमन्त्रीले मन्त्री बनाउन प्रस्ताव गरेको हो कि भन्ने प्रश्नमा डा. रूइतले आँखा अस्पतालमा काम छाडेर आउने बिरामीलाई छाडेर आउँदिन भनेको बताएका छन् । प्रधानमन्त्री कार्कीले आफ्नो ११ सदस्यीय मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला यो भेट भएको थियो। हाल उनको नेतृत्वमा चार सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।
डा. रूइतको यो अडानले पद र प्रतिष्ठाभन्दा पनि बिरामीको सेवालाई प्राथमिकता दिने उनको प्रतिबद्धतालाई पुष्टि गरेको छ।















