Logo

काठमाडौं, भदौ ३१ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेपछि काठमाडौँका मेयर बालेन शाहले उनलाई ‘फकाउने’ प्रयास गरेका छन् । बालेनले फेसबुकमा एक पोस्ट लेख्दै साम्पाङप्रति आफ्नो एकतर्फी माया र सद्भाव व्यक्त गरेका छन्।

बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ जनप्रतिनिधिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर एकअर्कासँग संवाद र विवाद गर्ने यो शैली अचम्मको छ। यसले उनीहरूबीचको सम्बन्धमा उतारचढाव आएको संकेत गर्छ।


सम्बन्धित समाचार