Logo

३१ भदौ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पछिल्लो राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनबारे गम्भीर टिप्पणी गरेका छन् ।

मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक बनेका थिए र आँसुसमेत झारेका थिए । साम्पाङले जे–जी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौंदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन्। उनले भने ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ।’

‘म दूतावास गइनँ, त्यसैले मन्त्री भइनँ’
साम्पाङले आफू जेन-जीको मागलाई लिएर काठमाडौँ गएको र त्यसबेला आफ्नो ज्यानको समेत जोखिम मोलेको बताए। ‘यो देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले म जंगी अड्डासम्म पुगेको थिएँ,’ उनले भने।

यसै क्रममा उनले आफूलाई मन्त्री पद दिनुको साटो किन बेवास्ता गरियो भन्नेबारे पनि खुलाए। ‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै तयार रहेछ। दूतावास धाउनु पर्ने रहेछ, तर म गइनँ। त्यसैले मलाई क्याबिनेटमा राख्न सकिँदैन भन्ने निर्णय त्यहाँबाट आयो, साम्पाङले रुँदै भने।

उनले आफू कुनै पनि विदेशी शक्तिको रिमोटबाट नचल्ने र देशको लागि साहसका साथ हिँडेको मान्छे भएको स्पष्ट पारे।

युवा नेतृत्वको मागको सुनुवाइ भएन

जेन-जी पुस्ताले देश बालेन शाह वा आफूले चलाउनुपर्ने माग राखेको भए पनि त्यसको सुनुवाइ नभएको उनको भनाइ छ। एउटा वृद्धलाई हटाएर अर्को वृद्धलाई देश सुम्पिएको भन्दै उनले अहिलेको व्यवस्थाले देशलाई विदेशीको हातमा थुपारेको आरोप लगाए।


सम्बन्धित समाचार