Logo

३१ भदौ, काठमाडौं । हालैको जेन–जी आन्दोलनले निम्त्याएको त्रासपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पहिलोपटक आफ्नो क्षतिग्रस्त निवास पुगेका छन् ।

भदौ २४ गते प्रदर्शनकारीले उनको कोटेश्वरस्थित निवासमा आगजनी गरेपछि उनी सेनाको सुरक्षा घेरामा रहेका थिए । आन्दोलनको रापताप बढेपछि नेपाली सेनाले नेपालसहित पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूलाई उद्धार गरी शिवपुरीस्थित स्टाफ कलेजमा राखेको थियो ।

घरघरमा आगजनी र तोडफोड

जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा नेताहरूका घरहरूमा मात्र नभई प्रहरी कार्यालयका भवनहरूमा पनि ठूलो तोडफोड र आगजनी भएको थियो। आन्दोलनमा भएको हिंसा र मानवीय क्षतिले राष्ट्रलाई नै स्तब्ध बनाएको छ । नेपाल आफ्नो जलेको घर हेर्न पुग्दा उनीसँगै नेता मेटमणि चौधरी पनि थिए । यस घटनाले नेताहरूले आफूमाथि भएको आक्रमणको क्षति र आन्दोलनको गम्भीरतालाई नजिकबाट महसुस गरेको देखिन्छ।


सम्बन्धित समाचार