Logo

१ असोज, काठमाडौं । प्रतिनिधि सभा विघटन भएको चार दिनपछि १२ वटा संसदीय समितिका सभापतिमध्ये ६ जनाले मात्र गाडी फिर्ता गरेका छन् ।

बाँकी ६ जनाले भने अझै गाडी बुझाएका छैनन् । संसद सचिवालयको सवारी शाखाले गाडी फिर्ताका लागि दिएको सात दिनको म्याद पनि अब तीन दिन मात्र बाँकी छ । संसद सचिवालयका अनुसार, हालसम्म पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, अर्थ, शिक्षा, कृषि लगायतका समितिका सभापतिहरूले गाडी फिर्ता गरिसकेका छन् ।

तर, राज्य व्यवस्था, सार्वजनिक लेखा, संसदीय सुनुवाई, अन्तर्राष्ट्रिय सम्बन्ध र उद्योग समितिका सभापतिहरूले भने गाडी बुझाउन बाँकी छ।


सम्बन्धित समाचार