Logo

१ असोज, काठमाडौं । आज देशभरका ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार, केही ठूला नदीहरू ९कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली० को बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि बढ्ने सम्भावना छ। विशेषगरी, दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही लगायतका ९ जिल्लामा रहेका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना छ।

यसैगरी, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), झापा, मोरङ, चितवन, कास्की, दाङ, कैलाली, कञ्चनपुर लगायत २५ जिल्लामा रहेका नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम सम्भावना रहेको छ । बाढी महाशाखाले यी नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

फाइल तस्बिर


सम्बन्धित समाचार
भर्खरै