१ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि, हिजो (मंगलबार) सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । हिजो ऐतिहासिक उचाइमा पुगेको चाँदीको भाउ आज तोलामा ४५ रुपैयाँले घटेर २ हजार ५ सय ५० रुपैयाँमा झरेको छ।















