१ असोज काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्क्रिय भएका छन् ।
संविधानको धारा १११ ९१०० अनुसार प्रतिनिधि सभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका विधेयकहरू विघटनपछि स्वतः निष्क्रिय हुने भएका हुन् । संसद सचिवालयका अनुसार, यस अवस्थामा अब संघीय संसद्मा जम्मा ३ वटा विधेयक मात्र बाँकी रहेका छन्। यी सबै विधेयक राष्ट्रिय सभामा उत्पत्ति भई हाल विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा छन् ।
राष्ट्रिय सभामा बाँकी रहेका विधेयकहरूमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक र सामाजिक सञ्जाल विधेयक हुन् । यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक पनि बाँकी थियो ।
विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार, प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका सातवटा विधेयक पनि निष्क्रिय भएका छन् ।















