Logo

१ असोज, काठमाडौं । सरकारले यस वर्षको संविधान दिवस असोज ३ गते सामान्य रूपमा मात्र मनाउने भएको छ।

विगतमा जस्तो भव्य समारोह र विशेष कार्यक्रमहरू नगरिने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यका अनुसार, संविधान दिवस सामान्य तरिकाले मनाउने तयारी भइरहेको छ।
विगतमा संविधान दिवस मनाउनका लागि गृह मन्त्रालयले विशेष सूचना जारी गर्ने र संविधान दिवस मूल समारोह समिति गठन गरेर तयारी गर्ने गर्दथ्यो। तर, यस वर्ष त्यस्तो कुनै समिति गठन वा विशेष तयारी गरिएको छैन।

२०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनलाई सरकारले हरेक वर्ष उत्सवका रूपमा मनाउँदै आएको छ।

 


सम्बन्धित समाचार
भर्खरै