Logo

१ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको पाइएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक पोडकास्ट अन्तर्वार्तामा यो जानकारी दिएका हुन् । गभर्नर पौडेलका अनुसार, उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ। उनले यो घटनालाई ‘गम्भीर चोरी’ को संज्ञा दिएका छन् । यद्यपि, प्रहरीले लुटपाटमा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । राष्ट्र बैंकको अनुसन्धानबाट देशभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको देखिए पनि संसद् भवनबाहेक अन्यत्रबाट रकम लुटपाट हुन भने सकेन । गभर्नर पौडेलले बैंकका कर्मचारीहरूको सक्रियताले थप क्षति हुनबाट जोगिएको बताएका छन् ।

उनले बैंकिङ क्षेत्रभन्दा पनि व्यावसायिक प्रतिष्ठानहरूलाई बढी क्षति पुगेको उल्लेख गरेका छन्। गभर्नरका अनुसार, भाटभटेनी सुपरस्टोरलाई मात्रै १ खर्ब रुपैयाँसम्मको क्षति भएको प्रारम्भिक अनुमान छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार, क्षतिको यकिन विवरण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै