१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा थप एक शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, बुधबार शरीर पूरै जलेको अवस्थामा शव भेटिएको हो । उक्त शवको पहिचान हुन सकेको छैन। यससँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट पनि जलेको अवस्थामा ७ वटा शव फेला परेका थिए । ती अस्थिपञ्जरहरूको पनि पहिचान हुन सकेको छैन र उनीहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।















