१ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण एक सातादेखि बन्द रहेको मनकामना केबलकारले आज देखि नियमित सेवा सुरु गरेको छ।
केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, भदौ २५ गतेदेखि बन्द भएको सेवा बुधबारदेखि सुचारु गरिएको हो। सेवा बन्द भएको अवधिमा केबलकारको नियमित मर्मत सम्भारको काम गरिएको पनि उनले बताए ।
गोरखाको मनकामना मन्दिर जाने दर्शनार्थीका लागि सञ्चालित यो केबलकार नेपालको पहिलो केबलकार हो। यसको प्रवेशद्वार चितवनको इच्छाकामना–४ मा पर्दछ।















