Logo

२ असोज, काठमाडौँ । नेपाल प्रहरीले उच्च प्रहरी अधिकृतहरूको एकैपटक ठूलो संख्यामा सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको निर्णयअनुसार ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको हो ।

हालै देखिएको जेनजी आन्दोलनलगत्तै गरिएको यस व्यापक सरुवाले नेपाल प्रहरी संगठनभित्र ठूलो चहलपहल ल्याएको छ ।

सरुवा हुने डीएसपी र एसपीहरू विभिन्न जिल्ला, इलाका प्रहरी कार्यालय, वृत्त तथा प्राविधिक इकाइमा कार्यरत रहेका थिए । काठमाडौँ उपत्यकाभित्रका प्रमुख वृत्त र इकाइमा पनि इन्चार्ज हेरफेर भएको छ । त्यस्तै, केही जिल्लामा प्रहरी प्रमुख नै परिवर्तन भएका छन् भने इलाका कार्यालय र प्रहरी वृत्तमा समेत नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ ।

पर्साका एसपी गौतम मिश्रको सरुवा, सुदीप राज पाठकले जिम्मेवारी सम्हाल्ने

नेपाल प्रहरीले विगतमा पनि समय समयमा ठूलो संख्यामा सरुवा गर्ने परम्परा कायम राखे पनि यसपटक एकैपटक ९० जना डीएसपी र ४८ जना एसपीहरूको सरुवा हुनु उल्लेखनीय भएको सरोकारवालाहरू बताउँछन् । यसले संगठनको आन्तरिक संरचना, कमान्ड प्रणाली र स्थानीय तहमा कानून–व्यवस्था व्यवस्थापनमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।

प्रहरी नेतृत्वले हालै सम्पन्न जेनजी आन्दोलनलाई मध्यनजर गर्दै संगठनलाई थप गतिशील बनाउन, नयाँ जोश र ऊर्जा भरिन तथा सुरक्षात्मक संयन्त्रलाई मजबुत बनाउन सरुवा गरिएको बताइएको छ ।

प्रहरी संगठनभित्रको यस्तो व्यापक सरुवापछि नयाँ जिम्मेवारी पाएका अधिकारीहरूले स्थानीय स्तरमा अपराध नियन्त्रण, कानून कार्यान्वयन र सामाजिक शान्ति सुरक्षामा कस्तो परिणाम देखाउने भन्नेमा आम चासो रहेको छ ।

90_DSP


सम्बन्धित समाचार
भर्खरै