Logo

२ असोज, काठमाडौं । पेन्सिलभेनियाको योर्क काउन्टीमा बुधबार दिउँसो भएको एक गोलीकाण्डमा तीन जना प्रहरी अधिकारीको हत्या भएको छ। घटनामा अन्य दुई प्रहरी गम्भीर घाइते भएका छन् ।

उत्तरी कोडोरस टाउनशिपको एक स्कुल नजिकै दिउँसो २ बजे भएको यस घटनामा प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएका छन्। पेन्सिलभेनियाका प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसका अनुसार घाइते प्रहरीहरूलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । यस दुःखद घटनापछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार
भर्खरै