Logo

२ असोज, काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारीअनुसार आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर २ हजार ५२० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको भाउ २ हजार ५५० रुपैयाँ थियो।

यो भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग तथा आपूर्तिको अवस्थामा आधारित रहेको महासङ्घले जनाएको छ।


सम्बन्धित समाचार