Logo

२ असोज काठमाडौं । यो खबरले मन छियाछिया पार्छ। केही हप्ताअघि मात्रै राजधानीमा भएको जेनजी आन्दोलनको निर्मम सिकार बनेकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले आफ्नो देब्रे हात गुमाएकी छिन् ।

एक हिंसात्मक प्रदर्शनले एक निर्दोष व्यक्तिको जीवनमा यस्तो गहिरो घाउ छोड्छ भनेर सायद कसैले सोचेको थिएन। गत भदौ २४ गते उनको डल्लुस्थित निवासमा केही अराजक प्रदर्शनकारीले आगो लगाएका थिए। त्यस घटनामा उनी गम्भीर रूपमा घाइते भइन्। जलन्धरको पीडाले छटपटिँदै उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइयो। उनको देब्रे हात ४० प्रतिशत जलेको थियो, र त्यसपछि सुरु भयो जीवन र मृत्युबीचको लामो संघर्ष।

डाक्टरहरूको अथक प्रयासका बाबजुद, जलेको घाउमा थप संक्रमण फैलिएपछि उनका लागि एक मात्र विकल्प बाँकी रह्यो। त्यो थियो, जीवन बचाउनका लागि हात काट्ने कठोर निर्णय। आज, उनको हात काटिएको खबर सुन्दा यो घटनाले केवल एक व्यक्तिको शारीरिक क्षति मात्र नभई सम्पूर्ण समाजको विवेकमाथि प्रश्नचिह्न खडा गरेको छ।

यो घटनाले आन्दोलनको नाममा हुने हिंसा कतिसम्म क्रूर र अमानवीय हुन सक्छ भन्ने देखाउँछ। एक निर्दोष व्यक्तिले भोगेको यो पीडाको जिम्मा कसले लिनेरु उनको हात त फर्किएर आउँदैन, तर यो घटनाले छोडेको पीडाको दाग हाम्रो समाजको चेतनाबाट कहिल्यै मेटिने छैन। आज, हामीले एउटा हात मात्र गुमाएका छैनौं, हामीले मानवताप्रतिको विश्वासको एउटा अंश पनि गुमाएका छौं।


सम्बन्धित समाचार
भर्खरै