२ भदौ, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् ।
भदौ २४ गते ‘जेन–जी’ प्रदर्शनका बीच प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेराभित्र रहँदै आएका ओली शुक्रबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बस्न थालेका हुन् । जेन–जी आन्दोलनका क्रममा आगजनीको घटना भएपछि उनको बालकोटस्थित निवास प्रयोगयोग्य छैन ।
गुण्डुस्थित नयाँ निवासमा आज अध्यक्ष ओलीलाई पार्टी महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत तथा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालले भेट गरेका छन् ।
यसैबीच, सेनाको विशेष सुरक्षा व्यवस्थाबाट बाहिरिएसँगै ओली अब नियमित राजनीतिक गतिविधिमा सहभागी हुने तयारीमा रहेको एमाले स्रोतले जनाएको छ । संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।















