Logo

३ असोज, काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा घाइते भई उपचाररत रहेकाले नेपाली कांग्रेसले पार्टीको नेतृत्वको जिम्मेवारी तत्काल कसैलाई पनि नदिने निर्णय गरेको छ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको बैठकले सभापति देउवा स्वस्थ भएर नफर्केसम्म कुनै पनि कार्यवाहक सभापति तोक्ने वा विशेष महाधिवेशन गर्ने निर्णय नगर्ने बताएको छ। पार्टीका सह-महामन्त्री महेन्द्र यादवले बैठकको निर्णयबारे जानकारी दिँदै भने, ‘सभापति देउवा घाइते हुनुहुन्छ, त्यसैले उहाँ निको भएर फर्किएपछि मात्र यी विषयमा छलफल हुनेछ।’
जेनजी आन्दोलनकारीले देउवाको बूढानीलकण्ठस्थित निवासमा आक्रमण गरेपछि देउवा र उहाँकी श्रीमती आरजु राणा देउवा घाइते हुनुभएको थियो  ।

आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो । यस संवेदनशील अवस्थामा पनि पार्टीले नेतृत्वको सवालमा हतार नगरी देउवाको स्वास्थ्यलाभको प्रतीक्षा गर्ने निर्णय गरेको देखिन्छ । यसले पार्टीभित्रको आन्तरिक एकता र देउवाप्रतिको विश्वासलाई संकेत गर्दछ ।


सम्बन्धित समाचार
भर्खरै