Logo

३ असोज, काठमाडौं । हालैको जेनजी आन्दोलनले निम्त्याएको हिंसाको गम्भीर परिणाम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोग्नुपरेको छ।

भदौ २४ गते बूढानीलकण्ठस्थित उहाँको निवासमा भएको आक्रमणमा देउवाको टाउकोमा गम्भीर चोट लागेको र त्यसको उपचारका लागि १२ वटा टाँका लगाइएको खुलासा भएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिएको जानकारीअनुसार, देउवाको चोट निको हुँदै गएको छ, तर चिकित्सकले धारिलो हतियार प्रहारबाट चोट लागेको बताएका छन् ।

आक्रमणकारीले प्रयोग गरेको हतियारबारे भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । आन्दोलनकारीले देउवाको निवासमा आगजनी र तोडफोड गर्दा उहाँ र उहाँकी पत्नी आरजु राणा देउवामाथि हातपात भएको थियो। यो घटनाले जेनजी आन्दोलनले उठाएको शान्तिपूर्ण विरोधको मुद्दामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ, र राजनीतिक नेताहरूमाथि भएको हिंसाले सबैतिरबाट निन्दा पाएको छ।


सम्बन्धित समाचार
भर्खरै