४ असोज, काठमाडौं । नेपालका १४ जना महिला क्रिकेट खेलाडीले मलेसियामा आयोजना हुने सुपर वुमन सिरिज मा सहभागी हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने उक्त सिरिजमा नेपाली खेलाडीहरूले विभिन्न पाँच फरक टोलीबाट प्रतिस्पर्धा गर्नेछन्।
मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको यो सिरिज नेपाली महिला राष्ट्रिय टोलीको तयारीका लागि महत्वपूर्ण मानिएको छ। सिरिजपछि नेपाली टोलीले अक्टोबर २ देखि ८ सम्म मलेसियासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रमसमेत तय भएको छ।
यी हुन् सिरिज खेल्ने १४ खेलाडी
इन्दु वर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर ।

















