५ असोज,काठमाडौं । सङ्घीय संसद अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दैछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे समितिको सभाहलमा बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बिहान साढे ११ बजे सिंहदरबारमै बस्नेछ। उक्त बैठकमा समितिको आगामी योजना तथा कार्यक्रमबारे विस्तृत छलफल हुने जनाइएको छ।
दुबै समितिका बैठकहरू राष्ट्रिय महत्वका विषयमा नीतिगत र कार्यगत निर्णयहरू लिनका लागि महत्वपूर्ण मानिएको छ।















