Logo

५ असोज, काठमाडौं ।  आइतबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ।

बिहीबार इतिहासकै सबैभन्दा ठूलो गिरावट आएर नकारात्मक सर्किट लागेपछि आज बजारमा सुधार आउने अपेक्षा गरिएको थियो । तर, पहिलो घण्टाको कारोबारमा नै बजार परिसूचक (नेप्से) मा भारी उतारचढाव आएको छ । आज बजार खुल्नेबित्तिकै परिसूचक २४ अंकले घटेको थियो, तर त्यसको केही मिनेटमै ५९ अंकले बढेर २५७१ दशमलव ०६ अंकमा पुग्यो । तर यो वृद्धि लामो समय टिकेन, र पाँच मिनेटभित्रै बजार फेरि घटेर २५१४ दशमलव ६९ अंकमा झरेको छ।

यसअघि, सेयर बजारमा देखिएको गिरावटपछि अर्थमन्त्री रामेश्वर खनालले बजारको विकृति अध्ययन गर्न कार्यदल बनाएका थिए। साथै, नेप्सेको अन्तिम मूल्य गणना गर्ने विधि परिवर्तन गर्न पनि निर्देशन दिएका थिए, जुन मंगलबारदेखि लागू हुँदैछ। यी कदमले पनि तत्काल बजारमा सुधार ल्याउन सकेको छैन। यसले लगानीकर्ताहरूमा थप अन्योल बढाएको देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै