Logo

५ असोज, काठमाडौं । निराशा र अन्धकारले समाजलाई घेरेका बेला आशा, खुशी र रूपान्तरणको नयाँ बाटो देखाउन एउटा विशेष कार्यक्रमको आयोजना हुँदैछ ।

यही असोज ६ देखि ८ गतेसम्म काठमाडौंमा ‘एप्रिसिएटिभ लिडरसिप ट्रेनिङ फर हिलिङ, ह्यापिनेस एन्ड रिडिजाइनिङ द फ्युचर’ नामक कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रमको आयोजना इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्स (ERIPS) ले गर्दैछ । यस कार्यक्रमलाई अमेरीकाको केस वेस्टर्न रिजर्भ युनिभर्सिटीबाट प्रमाणित एप्रिसिएटिभ इन्क्वायरी ट्रेनर डा. आर सी लामिछानेको टिमले सहजीकरण गर्नेछ ।

डा. लामिछानेले चीन, फिलिपिन्स, कोरिया, मलेसिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, बंगलादेश लगायत विश्वका थुप्रै देशहरूका हजारौँ सहभागीहरुका लागि उत्प्रेरणामुलक प्रस्तुती तथा प्रशिक्षण दिइसकेका छन् । नेपालमा उनले मन्त्रि, सचिव, संसद, नगरप्रमुख, महिला नेतृ, शिक्षक, सरकारी अधिकृतदेखि समुदायका अगुवासम्मलाई सम्भावनाको शक्तिबारे जागृत गराएका छन् । उनको स्थानिय, राष्टिय तथा अन्तर्राष्ट्रिय अनुभव र प्रभाव तथा सहजीकरण टिमका सदस्यहरुको विज्ञताले यो तालिमलाई अझै जीवन्त र विशेष बनाउनेछ ।

सहभागीहरूको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउँदै, उनीहरूलाई अरूका लागि प्रेरणाको स्रोत बन्न सिकाउने यो कार्यक्रमले खुशीका कारणहरू खोजेर त्यसैबाट नेतृत्व गर्ने शक्ति दिने आयोजकले जनाएको छ ।
तालिममा सहभागीहरूले आफ्ना कथा सुनाउने, सामूहिक सपनाहरू बनाउने र भविष्यको नेतृत्वका लागि सहकार्य गर्ने मौका पाउनेछन् । यो तालिम एउटा साधारण कक्षा मात्रै नभई नयाँ सोचका साथ भविष्यको सामूहिक मार्गचित्र बनाउने एउटा यात्रा भएकाले सुवर्ण अवसरमा सहभागी भएर फाइदा लिन आयोजकले आग्रह गरेको छ ।

आयोजकहरूको भनाइ अनुसार “यो तालिमबाट फर्किएपछि प्रत्येक सहभागी व्यक्तित्वगत रूपमा मात्र नभई, संस्थागत र सामाजिक रूपमा पनि रुपान्तरणको बीउ लिएर घर फर्किनेछन र आफना्े नीजि जीवन, परिवार र संस्थामा सकारात्मक रुपान्तरणको बीउ रोप्नेछन ।


सम्बन्धित समाचार
भर्खरै