६ असोज, काठमाडौं। दशैंको घटस्थापना सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार यात्रुले काठमाडौं छाडेका छन् । यो संख्या घटस्थापनाको दिनदेखि थप बढ्ने अनुमान गरिएको छ। दशैंको बिदा सुरु भएकाले निजी कार्यालय र शैक्षिक संस्थाहरूबाट गाउँ फर्किनेहरूको भीड लागेको छ । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु बाहिरिएका छन् भने २८ हजार यात्रु भित्रिएका छन्।
रायणगढ–मुग्लिन सडक खण्डमा सवारीको चाप
पछिल्लो समय नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोका कारण करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी साधनको चाप बढेको थियो । तर, सडक खुलिसकेकाले अब अवस्था सामान्य हुँदै जाने ट्राफिक प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा अवस्था सामान्य हुँदै गएसँगै उपत्यका छाड्नेहरूको संख्या बढ्दो क्रममा छ। दशैं नजिकिँदै गर्दा यस वर्ष पनि उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अत्यधिक हुने देखिएको छ।















