Logo

काठमाडौं, ६ असोज। दशैंको मुखमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। दशैं नजिकिएसँगै बढेको यो मूल्यले उपभोक्ताहरूलाई ठूलो धक्का लागेको छ।

चाँदीको भाउ पनि बढ्यो

सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको देखिन्छ।

चाडपर्वको समयमा सुनको मूल्यमा आएको यो उछालले गहना बनाउने र लगानी गर्ने दुवै वर्गका उपभोक्ताहरूलाई चिन्तित बनाएको छ।


सम्बन्धित समाचार