Logo

काठमाडौं, ६ असोज । सानिमा बैंकले आजदेखि आफ्नो संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ८७७ कित्ता सेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँको दरमा बिक्री गर्न लागेको हो । यसअघि, बैंकले यो सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई बिक्री गर्ने प्रयास गरेको थियो, तर उनीहरूबाट आवेदन नपरेपछि अब सर्वसाधारणका लागि खुला गरिएको हो।

कसरी आवेदन दिने ?

इच्छुक लगानीकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहने व्यक्तिहरूले सानिमा बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । आवेदन दिँदा, लगानीकर्ताले आफूले खरिद गर्ने सेयर संख्यासहित आवश्यक कागजात पेस गर्नुपर्छ। सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

 


सम्बन्धित समाचार