Logo

६ असोज,वीरगञ्ज ।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको दुई महिनामा यसै नाका हुँदै १ खर्ब २२ अर्ब ३२ करोड मूल्यका वस्तुहरू भित्रिएका थिए। यस वर्ष सो अवधिमा २४ अर्ब ३२ करोड रुपैयाँ बढीको वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षमा आयातसँगै निर्यात र राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि देखिएको छ।

“आयात मात्रै होइन, निर्यात र राजस्व दुवैमा वृद्धि भएको छ,” उहाँले बताउनुभयो।

भन्सार कार्यालयका अनुसार, गत आर्थिक वर्षको दुई महिनामा ६ अर्ब ५ करोड रुपैयाँ बराबरको विदेशीमूलक वस्तु निर्यात भएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या बढेर १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। यसरी चालु आर्थिक वर्षमा १० अर्ब ९८ करोड रुपैयाँको निर्यात वृद्धि भएको देखिन्छ।

यस आँकडाले वीरगञ्ज नाका नेपालको व्यापारिक गतिविधिमा अझ महत्वपूर्ण बन्दै गएको पुष्टि गरेको छ।


सम्बन्धित समाचार