Logo

काठमाडौं, ६ असोज। अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना मन्त्रीहरूको वरीयता क्रम निर्धारण गरेकी छन् ।

आज शपथ लिएका चार नयाँ मन्त्रीसहित अब सात जनाको मन्त्रिपरिषद् बनेको छ।प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको कार्यभार तोक्नुका साथै उनीहरूको वरीयता पनि तोकेकी हुन्, जसअनुसार अर्थमन्त्री रामेश्वर खनाल सबैभन्दा उच्च वरीयतामा रहेका छन्।

वरीयता क्रम यस प्रकार छ

१. रामेश्वर खनाल – अर्थमन्त्री
२. कुलमान घिसिङ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
३.ओमप्रकाश अर्याल – गृह मन्त्री
४.अनिलकुमार सिन्हा -उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमिसुधार मन्त्री
५. महावीर पुन- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
६. डा. मदन परियार- कृषि तथा पशुपन्छी विकास मन्त्री
७. जगदीश खरेल – सञ्चार, सूचना तथा प्रविधि मन्त्री

 


सम्बन्धित समाचार