Logo

७ असोज, काठमाडौं । नेपाली सुन बजारमा आज इतिहासकै सबैभन्दा उच्च मूल्य कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७ सय रुपैयाँमा पुगेको हो । यो मूल्य हालसम्मकै सर्वाधिक उच्च हो । यसअघि सोमबार सुन प्रति तोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ मात्र होइन, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर २ हजार ६ सय ८० रुपैयाँमा पुगेको छ। हिजो चाँदी २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, विश्वव्यापी आर्थिक अस्थिरता र लगानीकर्ताहरू सुनमा आकर्षित हुँदा नेपाली बजारमा यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरू बताउँछन् ।


सम्बन्धित समाचार