Logo

७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित टोपबहादुर रायमाझी दुई सातापछि कारागार फर्केका छन् ।

जेनजीको प्रदर्शनको क्रममा गत भदौ २४ गते सुन्धारास्थित कारागारबाट उनी फरार भएका थिए । कारागार स्रोतका अनुसार उनी मंगलबार कारागारमा हाजिर भएका हुन् । उक्त प्रदर्शनका क्रममा सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए भने देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए । हालसम्म आधाजसो कैदीबन्दी भने फर्किसकेको बताइएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझीसहित अन्य व्यक्तिहरूविरुद्ध मुद्दा चलेको थियो। सोही मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा छन् । सोही प्रकरणमा मुछिएका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि रायमाझीसँगै सुन्धारा कारागारबाट भागेका थिए। तर, उनी भने अहिलेसम्म कारागार फर्किएका छैनन्।


सम्बन्धित समाचार
भर्खरै