Logo

७ असोज, विराटनगर । एक हजार रुपैयाँको सामान्य विवादलाई लिएर विराटनगरमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।

यो जघन्य घटनाले समाजमा पैसाको लेनदेनलाई लिएर बढ्दो हिंसा र अपराधको जोखिमलाई उजागर गरेको छ । विराटनगर महानगरपालिका–९, धोबियारीमा सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनी देवी साहलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

परिवारका अनुसार, श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले दुई हजार रुपैयाँ दिइन्, तर बाँकी एक हजार रुपैयाँ दिन नसक्दा विवादले भयावह रूप लियो । यस घटनापछि एसिड प्रहार गर्ने श्रवण साह फरार छन्। मोरङ प्रहरीले घटनाको जानकारी पाएलगत्तै उनको खोजी कार्य तीव्र पारिएको बताएको छ। एसिड प्रहारजस्तो जघन्य अपराधको घटनाले समाजमा सुरक्षाको चुनौती बढाएको छ।


सम्बन्धित समाचार
भर्खरै