Logo

७ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्गहरूमा गम्भीर असर परेको छ ।

बाढी र पहिरोले गर्दा देशका ६ वटा महत्त्वपूर्ण राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । साथै, थप ६ वटा राजमार्गहरू पनि एकतर्फी मात्र सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरू

कोशी राजमार्गः  संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका खण्डमा पहिरोले सडक अवरुद्ध भएको छ।

नेपाल–चीन जोड्ने पुलः  रसुवाको गोसाइँकुण्डमा बाढीले पुल बगाउँदा नाका अवरुद्ध।

अरनिको राजमार्गः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा खसेको पहिरोले यातायात ठप्प।

पृथ्वी राजमार्गः धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पहिरोका कारण सडक अवरुद्ध।

नारायणगढ–मुग्लिन सडकः  चितवनको इच्छाकामना गाउँपालिकामा पहिरोले यो सडक पनि पूर्ण रूपमा बन्द छ।

एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरू

बाढी र पहिरोका कारण केही राजमार्गमा एकतर्फी मात्र यातायात सञ्चालनमा छ। यसमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्ग लगायतका सडकहरू पर्दछन्।

प्रहरीले सडक खुलाउन आवश्यक प्रयास गरिरहेको जनाएको छ। यात्रुहरूलाई अत्यावश्यक नभए यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै