Logo

७ असोज, काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका कारण बागमती प्रदेश सरकारका अधिकांश कार्यालय र मन्त्रालयका भवनहरू तत्काल प्रयोग गर्न अयोग्य भएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको प्राविधिक मूल्यांकनले ११ मध्ये १० वटा भवनमा क्षति पुगेको देखाएको छ, जसका कारण प्रदेश सरकारको कामकाज प्रभावित भएको छ । विशेषज्ञहरूको टोलीले गरेको परीक्षण अनुसार, क्षतिग्रस्त भवनहरूलाई तीन फरक–फरक श्रेणीमा रेड, एल्लो र ग्रिन जोनमा वर्गीकरण गरेको छ ।

प्रदेशसभा भवन पूर्ण रूपमा ध्वस्त

क्षतिग्रस्त भवनमध्ये सबैभन्दा बढी क्षति बागमती प्रदेशसभा भवन र शहरी विकास तथा भवन कार्यालय मकवानपुर लाई पुगेको छ। यी दुई भवनलाई ुरातो जोनु मा राखिएको छ, जसको अर्थ तिनीहरूको पुनर्निर्माणबाहेक अरू विकल्प छैन। आन्दोलनकारीको आगजनीले प्रदेशसभाको पुरानो र नयाँ दुवै भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।

८ मन्त्रालय र कार्यालय पहेंलो जोन मा
सर्वेक्षणमा बाँकी ८ वटा भवनलाई भने पहेंलो जोन मा राखिएको छ। यसको अर्थ यी भवनहरू तत्काल प्रयोग गर्न मिल्दैनन् तर रेट्रो फिटिङ वा मर्मतपछि प्रयोगमा ल्याउन सकिनेछ।

पहेंलो जोनमा पर्ने भवनहरूमा चार महत्त्वपूर्ण मन्त्रालयहरू छन्स् भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय । यसबाहेक, मुख्यमन्त्री कार्यालयको सभा हल, सामाजिक विकास मन्त्रालयको बी ब्लक, र प्रदेशसभा सचिवालयको डी ब्लक पनि यही सूचीमा छन्।

यस मूल्याङ्कनपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवन मात्र तत्काल प्रयोग गर्न योग्य देखिएको छ। सरकारले क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण र मर्मतका लागि भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ।


सम्बन्धित समाचार
भर्खरै