Logo

७ असोज, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचकमा लगातार दोस्रो दिन पनि ठूलो वृद्धि देखिएको छ ।

गत बिहीबार १६० अंकको ऐतिहासिक गिरावटपछि आइतबार १११ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि ५८।६३ अंकले उकालो लागेको हो । यो वृद्धिसँगै नेप्से २,६८२ दशमलव २५ विन्दुमा पुगेको छ । आजको वृद्धि अघिल्लो दिनको तुलनामा २ दशमलव २३ प्रतिशत ले बढी हो । यस दिन बजारमा कारोबारमा आएकामध्ये अधिकांश कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । कुल २३८ कम्पनी को शेयर मूल्य बढ्दा जम्मा १४ कम्पनी ले मात्र गिरावट बेहोरे । बजारमा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम कम भए पनि ६७ हजारभन्दा बढी कारोबारबाट १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको थियो ।

मंगलबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक बढेको छ । यसले बजारको वृद्धि कुनै एक क्षेत्रमा मात्र नभई सबैतिर फैलिएको सङ्केत गर्छ, जसलाई लगानीकर्ताहरूका लागि सकारात्मक मानिएको छ ।


सम्बन्धित समाचार