८ असोज, जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री सतिश सिंहको सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ ।
आज बिहान जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले सांसदहरूको सुझावअनुसार यो निर्णय गरिएको बताएका छन् । उनले आजै प्रदेश प्रमुखलाई औपचारिक पत्र पठाएर सरकारबाट बाहिरिने जानकारी दिने बताए। योसँगै सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई पनि आजै फिर्ता बोलाउने तयारी भइरहेको छ ।
१६ महिनापछि कांग्रेसको बहिर्गमन
मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा जनमत पार्टी, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र कांग्रेससहितको चार दलीय गठबन्धनको सरकार बनेको थियो। कांग्रेस १६ महिनासम्म सरकारमा सहभागी रहेको थियो । यसअघि, सरकारको नेतृत्व गरिरहेको जनमत पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ। दुई प्रमुख दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री सिंहको सरकारमा नेकपा एमाले र लोसपा मात्रै बाँकी रहेका छन्, जसले गर्दा सरकार संकटमा परेको छ।
यो कदमले मधेस प्रदेशको राजनीतिक समीकरणमा ठूलो फेरबदल ल्याएको छ।















