Logo

९ असोज, काठमाडौं । बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन् ।

बिहीबार बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् । चार सडकखण्ड एकतर्फी सञ्चालन छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक सडक पूर्णरूपमा बन्द छ। कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका– ४ बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका–४ काँडाबगरमा पनि सडक पूर्णरूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया–५ स्थित गल्छी त्रिशुली–मैलुङ स्याफ्रु सडक, बागलुङ १३ कालाखोलास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको विनयी त्रिवेणी– २ विश्वकर्मा मन्दिरस्थित पूर्वपश्चिम राजमार्ग र विनयी त्रिवेणी २ कै पैसठ्ठीमोडस्थित पूर्वपश्चि राजमार्ग एकीतर्फी सञ्चालनमा छन्।

 

 


सम्बन्धित समाचार
भर्खरै