९ असोज, काठमाडौं । मतदान गर्ने अधिकारबाट वञ्चित भएका हजारौँ नेपाली नागरिकहरूका लागि खुसीको खबर छ।
निर्वाचन आयोगले आजबाट नै मतदाता नामावली संकलन प्रक्रिया पुनः सुरु गर्ने तयारी गरेको छ । सरकारले हिजो मतदाता नामावली खुलाउने अध्यादेश जारी गरेलगत्तै आयोग सक्रिय भएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, आज दिउँसो बस्ने बैठकले नामावली संकलनसम्बन्धी कार्यविधि पारित गरी तत्काल कार्यान्वयनमा लैजानेछ ।
मुख्य सुविधा र तयारी
यसपटक आयोगले मतदाताहरूलाई ठूलो सुविधा दिँदै अनलाइन प्रणाली मार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। आयोगले कार्तिक मसान्तसम्म नामावली संकलन गर्ने लक्ष्य राखेको छ। नागरिकहरूले अब नाम दर्ता गर्नका लागि लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
आयोगको यो निर्णयले विभिन्न कारणले नाम लेखाउन नपाएका हजारौँ नागरिकहरूलाई आगामी निर्वाचनहरूमा मतदान गर्न पाउने बाटो खुलेको छ।
त्ययकि















