Logo

९ असोज,वीरगञ्ज । वीरगञ्जको घडिअर्वा पोखरीमा हुने छठ पूजाको तयारीका लागि नयाँ व्यवस्थापन समिति चयन गरिएको छ। बिहीबार बसेको स्थानीयको भेलाले आगामी छठ पर्वको आयोजना र व्यवस्थापनका लागि राकेश साहको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा आत्माराम साह कानु चयन भएका छन् भने सन्तोष साह कानु सचिव र सौरभ साह सहसचिव रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी कन्हैया गुप्ताले पाएका छन्। यसैगरी, सदस्यहरूमा प्रकाश सिंह, मुन्ना साह, बिदुर कलवार, शम्भु साह कानु, राकेश पाण्डे, उमाशंकर साह लगायतका रहेका छन्।

समितिको वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह, प्रमानन्द साह कानु, प्रमोद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु लगायतका छन्। वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु पनि सल्लाहकारको रूपमा रहेका छन्।

निवर्तमान अध्यक्ष दिलिप साह कानुको अध्यक्षतामा भएको बैठकमा वडाध्यक्ष सुशील साह कानु, घडिअर्वा स्पोट्र्स क्लबका पदाधिकारी, समितिका पूर्वअध्यक्ष, पूर्व पदाधिकारी र स्थानीय युवाहरूको उपस्थिति थियो।
नयाँ समितिले आफ्नो पहिलो बैठकबाट विभिन्न उपसमितिहरू गठन गरी छठ पूजाको तयारीलाई अगाडि बढाउने जानकारी अध्यक्ष साहले दिए।

 


सम्बन्धित समाचार
भर्खरै