Logo

९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सातौँ केन्द्रीय समिति बैठक प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ ।

पार्टीलाई थप सुदृढ बनाउने र वर्तमान राजनीतिको समीक्षा गर्ने उद्देश्यका साथ बैठक सुरु भएको हो । बैठकको सुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले आफ्ना महत्त्वपूर्ण एजेण्डाहरू प्रस्तुत गरेका छन् । उनले पार्टीको राजनीतिक दिशा र संगठनात्मक संरचनालाई मजबुत बनाउने सम्बन्धी प्रस्तावहरू केन्द्रीय समितिमा राखेका छन् ।

पार्टीभित्रका आन्तरिक छलफल र आगामी कार्यदिशा तय गर्न यो बैठक महत्त्वपूर्ण मानिएको छ। अबको छलफल प्रचण्डले राखेका प्रस्तावहरूमा केन्द्रित रहनेछ।


सम्बन्धित समाचार
भर्खरै