Logo

१९ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ।

हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउमा आज १७ सय रुपैंयाले घटेर करेक्सन आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १७०० रुपैंयाले घटेको छ । नयाँ मूल्यअनुसार आज सुन प्रतितोला २ लाख २१ हजार ३ सय मा कारोबार भइरहेको छ । हिजो सुन २ लाख २३ हजारमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी आज १५ ले घटेर २६ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै